हेटौँडा : मकवनपुर प्रहरीले हेटौँडा–११, थानाभर्याङबाट लागूऔषध खैरोहेरोईनसहित ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो २ बजेर १५ मिनेटको समयमा लागूऔषध कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ ग्राम २६० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित ४ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले ३८ वर्षीय कबि कार्की, २६ वर्षीय उमेश लामा, बकैया गाउँपालिका–४ का ३३ वर्षीय सुरेश घलान र मकवानपुरगढी गाउँपालिका–३, का २९ वर्षीय सुनिल न्यौपानेलाई पक्राउ गरेको छ । प्रहरीले चारै जनालाई लागुऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











