कार्यसम्पादन सम्झौतापछि फोटो खिचाउनुहुँदै मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्याल (बायाँ) ।

हेटौँडा : बागमती प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरी इकाईका प्रमुखसँग मंगलबार कार्यसम्पादन सम्झौता गरेको छ । मकवानपुरका प्रहरी प्रमुख विश्व खड्का मातृशोकपछि विदामा रहनुभएकोले निमित्त प्रमुख समेत रहनुभएका अर्यालले सम्झौता गर्नुभएको हो ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले मातहत कार्यालय प्रमुखहरूसँग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट चालु आर्थिक वर्षका लागि कार्यसम्पादन गर्नुभएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयले कार्यसम्पादन सम्झौता गर्ने गरे पनि त्यसको उपलब्धी र प्रभावकारिता बारे भने समीक्षा हुने प्रचलन छैन ।