Home मुख्य समाचार एसईई ग्रेडवृद्धि मौका परीक्षा, मंगलबार ४२ जना अनुपस्थित

एसईई ग्रेडवृद्धि मौका परीक्षा, मंगलबार ४२ जना अनुपस्थित

हेटौँडा : एसईई ग्रेडवृद्धि (पूरक) मौका परीक्षाअन्तर्गत मंगलबारको परीक्षामा ४२ जना अनुपस्थित भएका छन् । ऐच्छिक प्रथमपत्रका सबै विषयको परीक्षामा ४२ जना अनुपस्थित हुँदा ९ सय ४४ जना उपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ ।

ग्रेडवृद्धि मौका परीक्षाको सातौँ दिन आज बुधबार ऐच्छिक द्वितीयपत्रको परीक्षा हुँदैछ । ग्रेडवृद्धि मौका परीक्षाका लागि मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरका १३२ वटा माध्यमिक विद्यालयबाट २०८१ सालको एसईईमा ३ हजार १ सय १५ जना विद्यार्थी ननग्रेडेड भएका थिए । ननग्रेडेड भएका प्रायः सबै विद्यार्थीले मौका परीक्षाका लागि आवेदन दिएका छन् । साउन २९ गतेबाट सुरु भएको ग्रेडवृद्धि मौका परीक्षा भदौ ६ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।

Exit mobile version