हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा मंगलबार दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा चट्याङ लागेर मनहरी–६, दैलीडाँडाका ४२ वर्षीय विशालको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान, ४७ वर्षीय पान बहादुर मोक्तान सामान्य घाइते भएका छन् । पानबहादुर चितवन जिल्लाको राप्ति नगरपालिका–११ का हुनुहुन्छ भने अन्य सबै मनहरी–६ का हुन् ।











