हेटौँडा : रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४० वर्षीय प्रकाश सुनुवार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
प्रकाश सोमबार बिहान ९ बजेर ४५ मिनेटको समयमा घरदेखि एकसय मिटर पर रहेको पाखा खोल्सामा मृत अवस्था फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि दोलखास्थित जिरी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।











