बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेल

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनोद पोख्रेल आउनुभएको छ । पोख्रेलले बुधबारबाट कार्यभार सम्हाल्नु भएको हो । प्रमुख प्रशासकीय अधिकृत पोख्रेल झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाबाट बकैया गाउँपालिका सरुवा भएर आउनु भएको हो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ गत साउन २६ गते सरुवा भएर विदा हुनु भएको थियो । श्रेष्ठ बकैया गाउँपालिकामा ३ वर्ष ११ दिन बसेर बिदाई हुनुभएको हो । श्रेष्ठ २०७९ साउन १६ गते बकैयामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको थियोे । श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर जानुभएको हो ।