हेटौँडा : बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस तहको पठनपाठनका लागि ५० सिट प्रदान गरिएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएसमा ५० सिट स्वीकृत प्रदान गरेको हो ।
यस्तै प्रतिष्ठानको स्नातक तहको नर्सिङमा २० सिटबाट ३० सिट बनाएको छ । प्रतिष्ठानमा अहिले मेडिकल ल्याब टेक्नोलोजिष्टमा २० सिट, पब्लिक हेल्थमा २० सिट, ब्याचलर फार्मेसीमा ३० सिट रहेको छ । यस्तै स्नातकोत्तरमा ७ विषयमा ८ सिट रहेको छ । स्नात्तकोत्तर तहमा स्त्री तथा प्रसुती विभागमा २, फिजिसियनमा १, सर्जरी विभागमा १, बालरोग विभागमा १, हाडजोर्नी तथा नशारोग विभागमा १, फेमिली फिजिसियनमा १ र एनेस्थियोलोजीमा १ सिट रहेको छ ।











