मनहरी गाउँपालिकास्थित राष्ट्रिय रोटरी माविमा ग्रेडवृद्धि मौका परीक्षा दिन जाँदै विद्यार्थी ।

हेटौँडा : एसईईको ग्रेडवृद्धि (पूरक) मौका परीक्षा बिहीबारबाट सुरु भएको छ । ग्रेड वृद्धि मौका परीक्षाका लागि मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुर जिल्लाबाट करिब ३ हजार १ सय १५ विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी अधिकृत संगीता घलेले जानकारी दिनुभयो ।

पहिलो दिन बिहीबार भएको अङ्ग्रेजी विषयमा ४४ जना विद्यार्थी अनुपस्थित हुँदा ८ सय २२ जना विद्यार्थी उपस्थित भएका छन् । बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालय केन्द्रमा २५८ जना विद्यार्थी उपस्थित हुँदा १५ जना विद्यार्थी भने अनुपस्थित भएका छन् । थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालय केन्द्रमा ९४ जना उपस्थित हुँदा ८ जना विद्यार्थी अनुपस्थित भएका छन् । मनहरी गाउँपालिकास्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय केन्द्रमा १५३ जना उपस्थित हुँदा ९ जना विद्यार्थी अनुपस्थित भएका छन् । हेटौँडास्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय केन्द्रमा १०० जना विद्यार्थी उपस्थित हुँदा ४ जना अनुपस्थित भएका छन् ।

यसैगरी भुटनदेवी माध्यमिक विद्यालय केन्द्रमा ६५ जना उपस्थित र ३ जना विद्यार्थी अनुपस्थित भएका छन् । बालजागृति इङ्गलिस सेकेण्डरी स्कूल केन्द्रमा ४४ जना उपस्थित हुँदा ५ जना अनुपस्थित भएका छन् । श्रमिक माध्यमिक विद्यालय केन्द्रमा ५७ जना विद्यार्थी उपस्थित हुँदा ३ जना अनुपस्थित भएका छन् । यस्तै सिद्धार्थ माध्यमिक विद्यालय केन्द्रमा ५१ जना विद्यार्थी उपस्थित भई परीक्षा दिएका छन् ।

जिल्लाभित्र रहेका १३२ वटा माध्यमिक विद्यालयबाट २०८१ सालको एसईईमा ३ हजार ११५ जना विद्यार्थीको ननग्रेडेड भएका थिए । ननग्रेडेड अधिकांश विद्यार्थीले ग्रेडवृछि मौका परीक्षामा सहभागी हुन आवेदन दिएका छन् । ग्रेडवृद्धि परीक्षा भदौ ६ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।