हेटौँडा : ९ वर्षे नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका एक व्यक्तिलाई मकवानपुर प्रहरीले १ वर्षपछि पक्राउ गरेको छ ।
२०८१ साल बैशाख ८ गतेका दिन जबर्जस्ती करणी पश्चात फरार रहेका पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१३, राधेमाईटोलका ३६ वर्षीय आस मोहम्मद अन्सारीलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अन्सारीलाई घर नजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट अनुमति लिई अन्सारीलाई हिरासतमै राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










