प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाई ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मतसम्बन्धी प्रस्तावमा नेमकिपा तटस्थ बस्ने भएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने, नदिने भन्ने पक्ष–विपक्षमा नरही तटस्थ रहने बताउनुभएको हो ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा बोल्नुहुँदै उहाँले नेमकिपा सत्ताको खेलमा नरहेको पनि स्पष्ट पार्नुभयो । नागरिकको भावना र नेमकिपाको विचारको मूल्यांकन गर्दै मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावमा तथस्त रहने उहाँको भनाई छ । दुई दलीय गठबन्धनको नाममा गणतन्त्र माथि प्रश्न खडा गरिरहेको उहाँले बताउनुभयो । बानियाँ नेतृत्वको सरकारलाई नेमकिपाको तर्फबाट २३ बुँदे सुझाव समेत प्रस्तुत गर्नुभएको छ ।