Home मुख्य समाचार बागमतीको मुख्यमन्त्री बानियाँले मागे प्रतिपक्ष दलसंग विश्वासको मत

बागमतीको मुख्यमन्त्री बानियाँले मागे प्रतिपक्ष दलसंग विश्वासको मत

प्रतिपक्ष दलसंग विश्वासको मत माग्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलहरुसंग विश्वासको मत माग्नुभएको छ । मुख्यमन्त्री बानियाँले आज प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई पत्र प्रदान गर्दै विश्वासको मतको पक्षमा मतदान गर्न औपचारिक अनुरोध गर्नुभएको हो ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशको समुन्नत विकास, सुशासन र स्थायित्वका लागि आफूले नेतृत्व गर्न लागेको सरकारलाई आवश्यक समर्थन पुर्याउन आग्रह गरेको बताउनुभयो ।

वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको स्थायित्व र जनअपेक्षाको सम्मानका लागि विश्वासको मत अत्यावश्यक भएको जनाउँदै बानियाँले सबै सांसदहरूलाई लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने दिशामा सहकार्यको भावनाका साथ मत दिन आह्वान गरेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँ आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

Exit mobile version