कुलोबाट निकालिएको मानबहादुरको शव ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका ४६ वर्षीय मानबहादुर प्रजा मृत भेटिएका छन् ।

बिहीबार साँझ ४ बजेदेखि सम्पर्कविहिन बनेका प्रजा आइतबार बिहान ९ बजेको समयमा कैलाश गाउँपालिका–९, नामटारस्थित पानीघट्टको कुलोको मुहानमा मृत भेटिएको स्थानीयले जानकारी दिएको छ । प्रजाको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ । मकवानपुर प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।