सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित माण्डु जलविद्युत आयोजना नजिकै बागमती खोलामा एउटा शव बरामद भएको छ । बागमती खोलाको पानी बाँध बाँधेर जलविद्युत आयोजनामा प्रयोग गरिएको छ ।

जलविद्युत आयोजनाको बाँध नजिकै पुरुष व्यक्ति शव भेटिएको ईलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालय भीमफेदीका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।