हेटौँडा : मकवानपुरको भिमफेदि गाउँपालिका–५, माथिल्लो ज्यामिरेमा जंगली जनावरको आक्रमणबाट ३ वटा बाख्रा मरेको छ । सोमबार बेलुका राजेन्द्र राना मगरको खोरमा रहेको ३ वटा बाख्रा जंगली जनावरले मारेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रमुख सन्त कुमार श्रेष्ठले बताउनुभयो ।
मगरको खोरमा रहेको २ वटा बाख्रा मृत अवस्थामा फेला परेको थियो भने एउटा आदि खाएको अवस्थाका फेला परेको थियो । श्रेष्ठका अनुसार जंगली जनावरको आक्रमणबाट माथिल्लो ज्यामिरे, धुसेनि, सोलाभन्याङ, काफलचउर, छवेलि बजार र दम्किमा गरी ३ महिनाको अवधिमा ८ वटा बाख्रा र एउटा गाईको बाच्छि मरेको अवस्थामा फेला परेका छन् । स्थानीयले घरपालुवा पशु चौपायालाई बाघले आक्रमण गरेको भने पनि बाघ भन्ने पुष्टि नभएको श्रेष्ठले जानकारी दिनुभयो ।











