Home मुख्य समाचार माछा मार्ने क्रममा बेपत्ता भएका गोरखबहादुर मृत फेला

माछा मार्ने क्रममा बेपत्ता भएका गोरखबहादुर मृत फेला

सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२३ स्थित केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा खड्कौलीका ५० वर्षीय भीम बहादुर दराई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार साँझ ६ बजेरको समयमा खड्कौलीका ५६ वर्षीय गोरख बहादुर दराई र भीमबहादुर माछा मार्न गएका थिए । गोरख बहादुरले भीम बहादुरलाई नदेखेपछि खोजीका लागि इलाका प्रहरी कार्यालय गीतानगरमा जानकारी गराएका थिए । प्रहरी र स्थानीयले खोजी गर्दै जाँदा आइतबार बिहान १० बजेर ४० मिनेटको समयमा भरतपुर महानगरपालिका–२५ स्थित किङफिसस्थित राप्ती नदीमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version