हेटौँडा : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ४ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । सोमबार प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित भएका ४ वटा विधेयकहररुलाई प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले व्यावसायिक २ विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् भने प्रदेश कृषि विकास सम्बन्धी विधेयक संविधानको धारा २०१ को उपधारा (४) प्रमाणीकरण गर्नुभएको हो । उक्त विधेयकहरु प्रदेशसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गरिएको थियो ।
