हेटौँडा : बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा सुधार भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा बिहीबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना हुनुभएको थियो ।
उपचारपश्चात स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उहाँ आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । प्रदेश प्रमुखको तर्फबाट प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ती जारी गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको जनाएका छन् ।











