हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विभिन्न ५ कार्यालयहरु सिल गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ नयाँमार्गस्थित सिभिल बैंक आजबाट सिल गरिएको छ । हिजो बैंकमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हटिया स्थित प्रहरी चौकी, वडा नम्बर १० बसपार्कको प्रहरी चौकी, हेटौंडा-१० को पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वडा नम्बर ९ को नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि गत शनिबारदेखि सिल गरिएको छ । हेटौंडा-१० टिसिएन रोड स्थित सीता भवनमा गरिएको सिल हटाइएको आजबाट सिल हटाइएको हेटौंडा-४ कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।