पुरस्कार वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसमा बिहीबार व्याडमिन्टन र सटपुट प्रतियोगिता सम्पन्न भएको छ । शिक्षाशास्त्र सङ्काय स्नातक तह तेस्रो वर्ष स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम अन्तर्गत परियोजना कार्य अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो ।

छात्रहरुबीच आयोजित व्याडमिन्टन प्रतियोगिताअन्तर्गत सुजन बोगटी र सुमन अछामीको समूह प्रथम भएका छन् भने जितेन्द्र साह र विराज सिन्तानको समूह दोस्रो भएका छन् । छात्राहरुबीच आयोजना गरिएको सटपुट (छेलो) प्रतियोगितामा अनिशा चुनी मगर प्रथम, अञ्जना वाइबा दोस्रो तथा सजिना गोले तेस्रो भएका छन् । छेलो प्रतियोगिताकी प्रथम छात्रा अनिशा चुनी मगरले २५.४ फिट दुरी फालेकी थिइन् । विजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा टीका लगाएर पुरस्कृत गरिएको छ ।

परियोजना कार्य सञ्चालन समिति अध्यक्ष सदीक्षा भट्टराईको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा घिमिरेको प्रमुख आतिथ्य एवम् सहायक क्याम्पस प्रमुख मनोज पोखरेल, प्राध्यापक संघका सभापति सञ्जय कुमार बस्नेत, विषय शिक्षक दिपेन्द्र ढकाल, विजय नेपाल लगायतको आतिथ्य रहेको थियो ।