हेटौँडा : हेटौँडा–१५ स्थित जनजागृति मावि (प्राविधिक शिक्षालय) को २५ औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ । हेटौँडा–१५ का अध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह बहादुर लोको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव प्रसाद सञ्जेलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै विद्यालयकी लेखापाल चन्द्रावती लामाले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यार्थी तथा शिक्षकहरुको नृत्य लगायतका साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो । कार्यक्रममा १ देखि ९ कक्षामा प्रथम, द्वितीय तथा तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यस्तै यस वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याउने ४ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । विद्यालयबाट एसइइमा उत्कृष्ट अंक प्राप्त गरिएका विषयका शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा वनदेवी आधारभुत विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेल, दिव्य सेवा निकेतन, प्रहरी चेकपोष्ट रातोमाटे लगायतका स्थानीय संघसंस्थाका प्रतिनिधीहरु, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।











