हेटौँडा : रोटरी क्लब अफ हेटौँडाले हेटौँडास्थित मानवसेवा आश्रमलाई २ थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । शारीरिकरुपमा असहाय र अपाङ्घता भएका आश्रितलाई सहजता होस् भनी शनिबार आश्रममै पुगेर रोटरीले ह्वीलचेयर सहयोग गरेको जनाएको छ ।
रोटरी क्लबका अध्यक्ष प्रमेश प्रधानले रोटरीको सानो प्रयासले कसैको जीवन सहज बन्न सक्छ भने त्योभन्दा ठूलो सेवा अरू नहुने ठानेर सहयोग गरिएको बताउनुभयो । यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष प्रधानले बताउनुभएको छ ।











