रिवन काटेर भवनको उद्घाटन गर्नुहुँदै मन्त्री तामाङ ।

हेटौँडा : बागमती प्रदेश सरकारले हेटौँडामा निर्माण गरेको वृहत् घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम बिहान सम्पन्न भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जमिनमा निर्माण भएको घरेलु तथा उद्योग उपज प्रदर्शनी भवनको बागमती प्रदेश सरकारको उद्योग वाणिज्य भूूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्घाटन गर्नुभयो ।

प्रदेश सरकारले ९ करोड ५९ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण व्यवसायीले ५ करोड ४२ लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । निर्माण सम्पन्न हुने क्रममा ६ करोड १९ लाख रुपैयाँ खर्च भएको बताइएको छ । निर्देशनालयका अधिकृत रमेश पौडेलले भवनको नापचाँज राम्रो हो । प्रदर्शनी भवनको ८ हजार ६ सउय ६३ वर्गफिट रहेको छ । बेसमेन्ट पार्किङ बनाएको भवनमा सभा हलको पनि व्यवस्था छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान, नवीन सिग्देल, फूर्वा दोर्जे लामाको पनि सहभागिता रहेको थियो ।

घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन ।