सम्मान पश्चात सामुहीक तस्वीर खिच्दै ।

हेटौँडा : हेटौँडा–१८ नम्बर वडा कार्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । वडाले मंगलबार १५ जना विद्यार्थीहरुलाई सम्मान गरेको मकवानपुर बालविद्या सदनका प्रिन्सिपल सुदिपराज गिरीले जानकारी दिनुभयो ।

वडाले मकवानपुर बालविद्या सदनबाट ३.७८ जिपिए ल्याउने विशाल दुलाल, ३.७४ जिपिए ल्याउन सफल मिनु थोकरलाई सम्मान पत्रसहित नगद ५ हजारले सम्मान गरेको हो । यस्तै विद्यालयबाट ३.२ देखि ३.६ सम्म ल्याउने १३ जना विद्यार्थीलाई सम्मान गरेको छ । वडाले बालविद्या सदनका ८ जना र ज्योति माविका ५ जना विद्यार्थीलाई सम्मान पत्रसहित ३ हजार ५ सय रुपैयाँले सम्मान गरेको गिरीले जानकारी दिनुभयो ।

मकवानपुर बालविद्या सदनबाट २०८१ सालको एसईईमा सत प्रतिशत नतिजा हाँसिल गरेको थियो । परिक्षामा १८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । विद्यालयमा यस वर्षपनि एसईई दिने १८ जना विद्यार्थी रहेको गिरीले जानकारी दिनुभयो ।

वडाले विगत ३ वर्षदेखि एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आईरहेको । यस्तै वडाले अभिभावकलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा वडा अध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

राज्यले नै तोकेका क्षेत्र बाहेक अन्यमा क्षेत्रमा बालबालिकाहरुमा विभेद नगरी उनिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा गर्न तथा आवस्यकता अनुरुप उच्च शिक्षा हासिल गर्नमा समेत वडा कार्यालयले यातायात सुविधा, छात्रवृत्ति सुविधा तथा अन्य सुविधा समेत उपलब्ध गराईरहेको र थप सहयोगको लागि समेत तयार रहेको भनाई वडा अध्यक्ष बानियाँको भनाई छ ।