Home मुख्य समाचार बागमती प्रदेश सरकारद्वारा विपद्मा परेका स्थानीय तहलाई सहयोग

बागमती प्रदेश सरकारद्वारा विपद्मा परेका स्थानीय तहलाई सहयोग

हेटौंडाः बागमती प्रदेश सरकारले बाढी पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई ३० लाख, धादिङकै सिद्दलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई २०/२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिकालाई थप १५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक गाउँपालिकालाई १५ लाख र बिगु गाउँपालिकालाई १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव मानबहादुर बीकेलगायत सहभागी हुनुहुन्थ्यो ।

Exit mobile version