Home मुख्य समाचार हेटौंडा उपमहानगरपालिकासहित मनहरीको राजमार्गखण्डमा निषेधाज्ञा जारी गर्ने जिल्ला सुरक्षा समितिको निर्णय

हेटौंडा उपमहानगरपालिकासहित मनहरीको राजमार्गखण्डमा निषेधाज्ञा जारी गर्ने जिल्ला सुरक्षा समितिको निर्णय

हेटौंडाः जिल्ला सुरक्षा समिति मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका खण्डको दायाँबायाँ पाँचपाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलन सक्ने जोखिम देखिएको उल्लेख गर्दै आज बसेको सुरक्षा समितिले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै आज सोमबार राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाएको छ ।

Exit mobile version