हेटौँडा ः चितवन जिल्लाको खैरहनी नगरपालिका–१, शाहिचोकमा बलेराको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सोमबार राती ८ बजेर २० मिनेटको समयमा महेन्द्रराजमार्ग पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ च ६६१० नम्बरको बलेरोले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाइ ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बोलेरोको ठक्करबाट पर्सा जिल्लाको विरगंज महानगरपालिका–११, बेलुवाका ३१ वर्षीय राम अवतार गम्भिर घाइते भएका थिए । घाइते रामलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडीकल कलेज लगिएको थियो । डाक्टरले चेक जाँच पश्चात राती ८ बजेर ५५ मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बोलेरो चालक खैरहनी नगरपालिका–१० का ३५ वर्षीय विरेन्द्र चौधरी इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।











