सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६, गणेश मन्दिर नजिकै नारायणी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५, सुर्यनगरका १५ वर्षीय मेक्सन पुन मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्ने डुबेर मेक्सन बेपत्ता भएका थिए । बेपत्ता भएका मेकसनलाई खोज तलास गर्दै जाँदा साँझ ५ बजेको समयमा घटना स्थलमा अचेत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । मेक्सनलाई उपचारका लागि चितवनस्थित सरकारी अस्पताल भरतपुर लगिएकोमा साँझ ५ बजेर ३१ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।