खाद्यान्न सामग्री सहयोग गरिँदै ।

हेटौँडा : हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ । सोमबार हेटौँडा–१० स्थित सामाजिक संस्कार सेवा समितिका पदाधिकारीले विद्यालयलाई ११ बोरा चामल र १० केजी दाल हस्तान्तरण गरेको छ ।

सामाजिक संस्कार सेवा समितिबाट ५ बोरा चामल र १० केजी दाल तथा सामाजिक संस्कार सेवा समितिका अध्यक्ष अम्बरबहादुर लामा, कोषाध्यक्ष रामप्रसाद विडारी, सदस्य रमेश श्रेष्ठ, अजीव भट्टराई, व्यवसायी रमेश सिंघल र कृष्ण अग्रवालले १÷१ बोरा चामल सहयोग गर्नुभएको छ ।