नगरप्रमुख मीना कुमारी लामा । फाइल तस्वीर ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा स्वदेश फर्कनु भएको छ । गत शनिबार द्वन्द्वग्रस्त इजरायल जानुभएकी नगरप्रमुख लामा शुक्रबार राती स्वदेश फर्कनु भएको हो ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले शुक्रबार राती नगरप्रमुख लामा स्वदेश फर्कनुभएको जानकारी दिनुभयो । नगरप्रमुख लामा शनिबार हेटौँडा आइपुग्नुभएको छ । नगरप्रमुख लामा इजरायल जानुभएको र फर्कनुभएको विषयमा उपमहानगरले औपचारिक जानकारी गराएको छैन । यसअघिका भ्रमणमा पनि नगरप्रमुखको विषयमा सार्वजनिक जानकारी गराउने प्रचलन छैन ।