
हेटौंडाः मकवानपुर जिल्लामा आज २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज सङ्क्रमित २३ जना मध्ये हेटौंडा उपमहानगरभित्रका २० जना रहेका छन् । हटिया प्रहरी चौकीमा कार्यरत चार जनामा पनि सङ्क्रमित छन् । केही दिनअघि मात्रै हटिया चौकीमा एकजना प्रहरी सङ्क्रमित भेटिएको थियो । संक्रमित मध्ये ६ महिला र १७ पुरुष रहेका आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।
आज पहिचान भएका सङ्क्रमितमध्ये वडा नम्बर २ का एकजना २९ वर्षीय, वडा नम्बर ४ का २८, ३२, ३६ र ५४ वर्षका चारजना, वडा नम्बर ५ का २१, ३०, ३२ ३९ वर्षका चार जना रहेका छन् । यस्तै वडा नम्बर ९ का ४३, ७० र ८८ वर्षका तीनजना, वडा नम्बर ६ का २६ वर्षीय एकजना, वडा नम्बर ११ का ३४ वर्षीय एकजना, वडा नम्बर १३ का एकजना रहेका छन् । यस्तै प्रहरी चौकी हटियाका २४, २९, ३४ र ३५ वर्षका चारजनामा कोरोना सङक्रमण पुष्टि भएको छ । हेटौंडा–११, थानार्याङमा काम गर्ने विराटनगरका २१ वर्षीय एकजना, बकैया, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका क्रमशः २४, ३० र ५२ वर्षका तीनजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हेटौंडास्थित आइसोेलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।
शुक्रबार र शनिबार प्रयोगशालामा पठाइएका नमूना मध्ये बाँकी रहेका ३५ नमूनामा २३ वटा नमूना कोरोना सङ्क्रमण पुष्टि भएको चौलागाईले बताउनुभएको छ । शुक्रबार र शनिबार पठाइएको स्वाबको नमूनामध्ये अझै २ वटाको रिपोर्ट आउन बाँकी रहेको र आज आइतबार ४६ वटा नमूना प्रयोगशाला पठाइएको छ ।