Home मुख्य समाचार आज एकैदिन हेटौंडाका २० सहित मकवानपुरका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज एकैदिन हेटौंडाका २० सहित मकवानपुरका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको भन्ने त्रासका बेला भौतिक दूरी कायम राख्न निर्देशन दिने जिल्ला प्रशासन कार्यालयमा आज देखिएको भीड ।

हेटौंडाः मकवानपुर जिल्लामा आज २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज सङ्क्रमित २३ जना मध्ये हेटौंडा उपमहानगरभित्रका २० जना रहेका छन् । हटिया प्रहरी चौकीमा कार्यरत चार जनामा पनि सङ्क्रमित छन् । केही दिनअघि मात्रै हटिया चौकीमा एकजना प्रहरी सङ्क्रमित भेटिएको थियो । संक्रमित मध्ये ६ महिला र १७ पुरुष रहेका आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।

आज पहिचान भएका सङ्क्रमितमध्ये वडा नम्बर २ का एकजना २९ वर्षीय, वडा नम्बर ४ का २८, ३२, ३६ र ५४ वर्षका चारजना, वडा नम्बर ५ का २१, ३०, ३२ ३९ वर्षका चार जना रहेका छन् । यस्तै वडा नम्बर ९ का ४३, ७० र ८८ वर्षका तीनजना, वडा नम्बर ६ का २६ वर्षीय एकजना, वडा नम्बर ११ का ३४ वर्षीय एकजना, वडा नम्बर १३ का एकजना रहेका छन् । यस्तै प्रहरी चौकी हटियाका २४, २९, ३४ र ३५ वर्षका चारजनामा कोरोना सङक्रमण पुष्टि भएको छ । हेटौंडा–११, थानार्‍याङमा काम गर्ने विराटनगरका २१ वर्षीय एकजना, बकैया, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका क्रमशः २४, ३० र ५२ वर्षका तीनजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हेटौंडास्थित आइसोेलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।

शुक्रबार र शनिबार प्रयोगशालामा पठाइएका नमूना मध्ये बाँकी रहेका ३५ नमूनामा २३ वटा नमूना कोरोना सङ्क्रमण पुष्टि भएको चौलागाईले बताउनुभएको छ । शुक्रबार र शनिबार पठाइएको स्वाबको नमूनामध्ये अझै २ वटाको रिपोर्ट आउन बाँकी रहेको र आज आइतबार ४६ वटा नमूना प्रयोगशाला पठाइएको छ ।

Exit mobile version