कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा बर्दिबासस्थित जनता माध्यमिक विद्यालयको सभाकक्षमा २१२ औँ भानु जयन्ती मनाइएको छ । भानु जयन्तीको अवसरमा भानुको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेका साथै सचिव रामचन्द्र पौडेलका साथै महोत्तरी, धनुषा तथा सर्लाहीका साहित्यकार प्रेम घिमिरे, राजेश्वरी काफ्ले, दिनेश गरिब पौडेल, नारायण घिमिरे, उद्धव अविचल, गणेश घिमिरे, बिपिराज दहाल, निरप्रसाद शर्मा, गणेश तिमल्सिना, रमेश बस्नेत, विणा हमाल, भारतीय कवि मो. कमरुद्दिन नदाफले आआफ्ना कविता, गीत, गजल प्रस्तुत गर्नुभएको थियो । यसैगरी रचना वाचन गर्नेहरूमा नारायण खड्का, अम्बिका दहाल, वोधराज दहाल, नेत्र रम्तेल, प्रकृति पाण्डेलगायत हुनुहुन्थ्यो ।

बुढ्यौली साहित्य अभियन्ता, मकवानपुरका अग्रज साहित्यकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार गोपाल बराल, तथा प्रधानाध्यापक तोप बहादुर ठकुरीले भानुभक्तको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो । बुढ्यौली साहित्य समाज महोत्तरीका सदस्य मोहन गिरीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव नारद काफ्लेले र सभाध्यक्षता अध्यक्ष लालबाबु पोखरेलले गर्नुभएको थियो ।