कार्यक्रमको समयमा खिचिएको तस्वीर ।

हेटौंडाः नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले मकवानपुरका सञ्चारकर्मीहरुसँग भेट गर्नुभएको छ । अध्यक्ष भण्डारीले आइतबार हेटौंडाका पत्रकारहरुसँग भेटघाट गर्नुभएको हो ।

भेटमा अध्यक्ष भण्डारीले संयुक्त राज्य अमेरिकामा रहेका नेपाली पत्रकारहरुको अवस्था, समस्या र विविध अनुभवबारे जानकारी दिनुभयो । उहाँले नेपालमा भन्दा अमेरिकामा व्यावसायिक रुपमा पत्रकारिता गर्ने परिपाटी विकास भएको बताउनुभयो । नेपालीहरुले अमेरिकी माटोमा सोखका लागि मात्रै पत्रकारिता गर्ने गरेको उहाँको भनाइ छ ।

नेपाली पत्रकारले विदेशमा बसेर गर्ने पत्रकारिता र नेपालमा बसेर गर्ने पत्रकारिता फरक हुने गरेको उहाँले जानकारी दिनुभयो । भेटमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, वरिष्ठ पत्रकार प्रताप बिष्ट, महासंघका पूर्वअध्यक्ष राममणि दाहाल, ब्रोडकास्टिङ एसोसियसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाई लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिति थियो ।