Home मुख्य समाचार बकैयास्थित महेन्द्र माविको प्रधानाध्यापकमा विक

बकैयास्थित महेन्द्र माविको प्रधानाध्यापकमा विक

नवनियुक्त प्रधानाध्यापक खेम बिकलाई जिम्मेवारी हस्तान्तरण गर्नुहुँदै निवर्तमान प्रधानाध्यापक देवकी सिग्देल ।

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनस्थित महेन्द्र माविमा नयाँ प्रधानध्यापक नियुक्त गरिएको छ । आइतबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट खेम विकलाई प्रधानाध्यापक नियुक्त हुनुभएको हो ।

विक १४ महिनादेखि महेन्द्र माविमा शिक्षकको रुपमा कार्यरत हुनुहुन्थो । विक विगत १५ वर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्थो भने २०७९ देखि स्थायी दरबन्दीमा नियुक्त हुनुभएको हो । यसअघि प्रधानाध्यापक रहनु भएकी देवकी सिग्देल निमावि स्थायी दरबन्दीमा रहनु भएका थियो । यसै सन्दर्भामा उच्च अदालत पाटन हेटौँडा इजलासमा मुद्दा परेको थियो । जेठ ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासले विकको पक्षमा फैसला सुनाएको थियो ।

विक मावि स्थायी शिक्षक रहेकाले अदालतले उहाँको पक्षमा फैसला गरेको थियो । जेठ ५ गते प्रधानध्यापक नियुक्तको फैसला आए पनि विविध कारणले आइतबार नियुक्त गरेको प्रधानध्यापक विकले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा नमुना विद्यालय घोषणा गर्ने उद्देश्यले पठनपाठन गराउने, भौतिक संरचना, भवन, फर्निचरको लागि आर्थिक पहल गर्ने, विद्यालय वरपर हराभरा बनाउने, विद्यार्थीलाई संस्कार र अनुशासन सिकाउने योजना रहेको बताउनुभएको छ ।

Exit mobile version