हेटौँडा : धादिङ जिल्लाको ज्वालामुखि गाउँपालिका–३, अमराईमा गोरेटो बाटोमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ठुलो पधेरोका ४५ वर्षीय सेते सार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार साँझ ५ बजेर ३० मिनेटको समयमा धादिङबेशिबाट मैदी जाने भित्रि सडक खण्डबाट ५० फिट तल गोरेटो बाटोमा सार्की मृत फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङबेशि लगिएको प्रहरीले जानकारी दिएको छ ।
