हेटौँडा : चिरञ्जीवी नेपाली स्मृति प्रतिष्ठान चितवनले नियात्राकार रञ्जु दाहाललाई सम्मान गरेको छ । शुक्रबार हेटौँडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनमा एक कार्यक्रमका बीच नियात्राकार दाहाललाई १५ हजार राशीसहित चिरञ्जीवी नेपाली स्मृति सम्मान समर्पण गरिएको हो ।
निर्मोही व्यासको सभाध्यक्षता तथा प्रोल्लास सिन्धुलीयको प्रमुख आतिथ्यमा सम्मान समर्पण कार्यक्रम भएको हो । कार्यक्रममा सम्मानित स्रष्टा रञ्जु दाहालसहित साहित्यकार रमेशमोहन अधिकारी, मञ्जु कोइराला, अप्सरा पुडासैनी, महेन्द्र कोइरालालगायतले रचना वाचन गर्नुभएको थियो । निमेष निखिल, सुवास खनाल, भावना सापकोटा, विश्वनाथ सन्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, ॐभक्त भण्डारी, सन्जित श्रेष्ठ, वीणा पोखरेल, गौरी कँडेल, मदन विक, सुमनकिरणले कविता, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा जनार्दन खनाल, अरुण खतिवडा, डी.बी. बर्तौला, पूर्णकला घिमिरे, देवराज तिवारी, निरा पराजुलीलगायतका साहित्यकारको समेत उपस्थिति थियो ।











