हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार बिहान ६ बजेको समयमा भारतको मोतीहारीबाट काठमाडौं जान आउँदै गरेको बिएल ०१ एडब्लु १४०४ नम्बरको कारबाट लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले कारको सुरक्षा जाँच गर्दा लागूऔषध ट्रमाडोल २५ हजार ४५५ क्यापसुल र ओनरेक्स १२० बोतल बरामद गरेको थियो । लागूऔषधसहित कारमा सवार भारतको बिहार राज्य मोतीहारी जिल्ला पंचमिडियाका २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतोलाई प्रहरीले पक्राउ गरेका छ । लागूऔषधसहित तिनै जनालाई नियन्त्रणमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।











