वृक्षरोपण गरिँदै ।

हेटौँडा : जेसीआई हेटौँडाले मकवानपुरगढी गाउँंपालिका–४ स्थित मनकामना मन्दिर परिसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम गरेको छ । वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजक मित्रप्रसाद गौतम रहनुभएको थियो ।

जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष पंकज दास बनियाको सभाअध्यक्षतामा भएको कार्यक्रममा जेसीआई हेटौँडाका निवर्तमान अध्यक्ष तथा जेसीआई नेपाल वर्ष २०२५ का राष्ट्रिय महासचिव विकेशलाल श्रेष्ठ, जेसीआई हेटौँडा वर्ष २०२० का शाखा अध्यक्ष राजदेव बनिया र युवा अभियन्ता प्रसुज मैनालीको आतिथ्य रहेको थियो ।