हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पिपिपी मोडलमा कृषिउपज बजार केन्द्र, १६ स्थानीय तहमा विषादी अवशेष परीक्षण प्रयोगशाला निर्माण गर्न, आधुनिक वधशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

एक जिल्ला एक कृषि उत्पादन पकेट क्षेत्र, चितवन गोलभेडा, दोलखामा किवि प्रशोधन केन्द्र, निक्षेप तथा कर्जा सुरक्षणको साझेदारीमा सहुलियतपूर्ण कार्यक्रम संचालन गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित दूधमा प्रतिलिटर अनुदान दिने, हेटौँडाको दूग्धजन्य पदार्थ उत्पादन कारखाना, शितभण्डार संचालनका लागि बजेट व्यवस्था गरिएको छ ।