हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संस्कृति तथा पर्यटन मन्त्रालयका लागि ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष दोलखाको डाँङ्डुङेमा फिल्म सिटिका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको बजेट वक्तव्य मार्फत् आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेलम्बु ग्रेट टेल, किस्पाङ नौ घडेरी पर्यटन, सैलुङ मिनि ग्रेटवाल, गोकर्णेश्वरमा राजनीतिक क्रान्ति संग्रहालय गर्न बजेट व्यवस्था गरिएको छ । मकवानपुरगढीदेखि सिन्धुलीगढी, कालिगण्डकीदेखि कालिन्चोक, गौरिघाटदेखि गोसाइँकुण्ड, रानिपोखरीदेखि पाँचपोखरी पदमार्ग पहिचान धर्मिक पर्यटन प्रवद्र्धन गर्ने, चितवनलाई पर्यटन हवको विकास गर्ने गरी बजेट विनियोजन गरेको उहाँले बताउनुभएको छ ।

यस्तै बागमती प्रदेश सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम कार्यान्वयनको लागि उक्त बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चेपाङ चिउरी चमेर कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।