हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको प्रस्तुतीमा अझै ढिलाई हुने भएको छ । आइतबार दिउँसो ३ बजेका लागि तय गरिएको बजेट प्रस्तुतीको कार्यक्रम साँझ साढे ६ बजेका लागि सारिएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले राजश्वको शीर्षक मिलाउन ढिलाई भएसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक समेत धकेलिएपछि बजेट प्रस्तुतीमा ढिलाई हुने भएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तयार पारेर मन्त्रिपरिषद्बाट स्वीकृत गरेपछि प्रदेश सभामा मन्त्रीले बजेट वक्तत्व प्रस्तुत गर्ने व्यवस्था छ । यसअघि साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बसेर साँझ साढे ६ बजे बजेट प्रस्तुत गर्ने योजना रहेको थियो । बागमती प्रदेश सरकारको बैठक ८ बजेका लागि बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएसँगै प्रदेश सभामा बजेट प्रस्तुत गरिने बताइएको छ ।











