सहप्राध्यापक भोजराज ढकाल ।

हेटौँडा : मकवानपुर बहुमुखी क्याम्पसका अर्थशास्त्रका सहप्राध्यापक भोजराज ढकाल गरिबी निवारणसम्बन्धी एक गोष्ठीमा सहभागी हुन चीन जानुहुने भएको छ ।

‘विकासोन्मुख देशहरुका लागि गरिबी निवारण लक्षित संयन्त्रको सुधार’ सम्बन्धी गोष्ठीमा सहभागी हुन सहप्राध्यापक ढकाल चीन जान लाग्नुभएको हो । गोष्ठीमा सहभागी हुन ढकालसहित नेपालबाट ६ जना चीन जाने हुनेछ । भोलि सोमबार चीन प्रस्थान गर्ने टोली असार १८ गते नेपाल फर्कनेछ ।