हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८, सोप्याङखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान ६ बजेर ३० मिनेटको समयमा त्रिभुवन राजपथमा हाप्सेचौरबाट फोकटपुर जाँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकाल चालक थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापा गम्भीर घाइते भएका थिए । घाइते सुमनको धुनिवेशी नगरपालिका–६, धार्केस्थित साईबाबा सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको थियो । उपचारको क्रममा शनिबार बिहान ९ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।