हेटौंडाः हेटौंडा–३ को लेवटमा आज दिउँसो प्रेसर कुकर बमको देखिएको भन्दै स्थानीय त्रसित भएका छन् । स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त स्थानलाई सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेर घटनाको छानबीन गर्दा प्रेसर कुकर बम नभएर वरिपरि कसैले बाटोमा प्रेसर कुकर राखेको मात्र पाइएको प्रहरी नायब उपरिक्षक रानाले बताउनुभयो ।