हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४, नयाँबस्तीस्थित प्राथमिक विद्यालयमा हावाहुरीले रुख ढलेर लाग्दा विद्यालय भवनमा क्षति पुगेको छ । शुक्रबार साँझ ७ बजेर ४५ मिनेटको समयमा आएको हावाहुरीले विद्यालयमा क्षति पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
हावाहुरीका कारण सालको रूख ढलेर विद्यालयको एक तले भवनमा क्षति पुगेको हो । ३ कोठे पक्की भवनको बीचको कोठाको तीनवटै बिम भाँचिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुर प्रजाले जानकारी दिनुभएको छ ।











