Home अर्थ/व्यापार मकवानपुरका अप्टिकल व्यवसायी संगठित, अध्यक्षमा ठकुरी

मकवानपुरका अप्टिकल व्यवसायी संगठित, अध्यक्षमा ठकुरी

नवनिर्वाचित अध्यक्ष सुदीप ठकुरी ।

हेटौँडा : मकवानपुरका अप्टिकल (चश्मा) व्यवसायीहरु संगठित भएका छन् । केन्द्रका प्रतिनिधिको उपस्थितिमा शनिबार एक भेलाले हेटौँडाका सुदीप ठकुरीको अध्यक्षतामा अप्टिकल व्यवसायी संघ मकवानपुर गठन गरिएको हो । संघको उपाध्यक्षमा अशोक सिंह, सचिवमा गणेशप्रसाद दहाल र कोषाध्यक्षमा रिना दुवाडी ठकुरी चयन हुनुभएको छ ।

भेलाले सदस्यमा इन्द्रचन्द बानियाँ, धिरज भण्डारी, पूर्णबहादुर थिङ, शेखर बलामी र यहसान अन्सारी चयन गरेको छ । अप्टिकल व्यवसायी संघ नेपालका अध्यक्ष उमेशकुमार तुलाधर, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव रविन्द्र पाठक, सचिव ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्ष वर्षा बुढाथोकी, उपसचिव देवेन्द्र मास्केको उपस्थितिमा मकवानपुरका व्यवसायीको भेला भएको हो । मकवानपुरमा २० भन्दा बढी चश्मा पसल सञ्चालनमा रहेका छन् ।

अप्टिकल व्यवसायी संघ मकवानपुर गठनपछि खिचिएको सामूहिक तस्वीर ।