Home अर्थ/व्यापार हेटौँडा बजारमा व्यवसायीमाथि आक्रमण

हेटौँडा बजारमा व्यवसायीमाथि आक्रमण

घाइते विन्दल दास हेटौँडा अस्पतालमा उपचार गराउँदै ।

हेटौडा : हेटौँडा बजारमा व्यवसायीमाथि सांघातिक आक्रमण भएको छ । हेटौँडा–१०, राप्तीरोडस्थित दास इम्पोरियमका सञ्चालक ६५ वर्षीय विन्दल दासमाथि सांघातिक आक्रमण भएको हो ।

बिहीबार दिउँसो करिब ३ बजेको समयमा ३ वटा मोटरसाइकलमा आएका ६ जना युवाको समूहले दासमाथि सांघातिक आक्रमण गरेका हुन् । आक्रमणबाट दासको दाउकोमा चोट लागेको छ । स्थानीय व्यवसायीले दासलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको छ ।