Home मुख्य समाचार रुखबाट लडेर बुद्धमायाको मृत्यु

रुखबाट लडेर बुद्धमायाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–६, तिमाल डाँडामा रुखबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ वर्षीया बुद्ध माया तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार बिहान ५ बजेर ३० मिनेटको समयमा बुद्धमाया घाँस झार्ने क्रममा रुखबाट लडेर गम्भिर घाइते भएका थिए । घाइते बुद्धमायालाई उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version