हेटौंडाः मकवानपुरगढी गाउँपालिका–५ का ७० वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका–९ की ४६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आज बिहान प्राप्त रिपार्टअनुसार दुवैजनामा संक्रमण पुष्टि भएको हो । यससँगै मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पहिलो कोरोना संक्रमित पहिचान भएको छ ।

हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका प्रमुख डा. अर्जुन खड्काका अनुसार हिजो मंगलबार पठाइएको कुल ३५ वटा स्वाबको नमूना मध्येबाटै आज बिहान दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने थप ३ वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना संक्रमणप पुष्टि भएका दुवै जनालाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको डा. खड्काले बताउनुभएको छ ।

अहिले आइसोलेसन वार्डमा ७ जना उपचाररत छन् । आज संक्रमण पुष्टि भएका व्यक्ति पनि आइसोलेसनमा ल्याइएपछि ९ जना संक्रमित उपचारमा रहनेछन् । आइसोलेसन वार्डले आज ४३ वटा नमूना हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको पनि डा. ख्डकाले जानकारी दिनुभएको छ ।