हेटौँडा : दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–४, डेपुङमा बोलेरो अनियन्त्रित भई सडकमा पल्टँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजेर ३० मिनेटको समयमा भित्री सडक खण्डमा सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा १६ च ७६५१ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकमा पल्टदाँ घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटना गौरीशंकर गाउँपालिका–४, डेपुङ बस्ने ४५ वर्षीया फुलमाया शेर्पा, ३२ वर्षीया डोल्मा शेर्पा र ७४ वर्षीय छिरी शेर्पा घाइते भएका थिए । घाइते डोल्माको शुक्रबार राती ११ बजेर ३० मिनेटको समयमा र फुलमायाको शनिबार बिहान ५ बजेर ४५ मिनेटको समयमा उपचारको क्रममा पशुपती चौलागाई स्मृती अस्पताल चारिकोटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बोलरोमा ६ जना सवार रहेका थिए । घाइते छिरीको स्थानिय रोल्वालिङ सानुदायिक अस्पताल सिंगटिमा उपचार भई रहेको छ । चालक निङमा छेकु शेर्पा फरार रहेको र बोलोरो साहु लामाटोल बस्ने ४० वर्षीय पासाङ तामाङलाई प्रहरीले नियनत्रणमा लिएको छ ।